
काठमाडौं । नेपाल एसबिआई बैंकले आफ्ना शेयरधनीलाई पाँच वर्ष पुरानो विभिन्न शीर्षकका रकम फिर्ता लिन आग्रह गरेको छ । साधारण सभाबाट पारित नगद लाभांश पाँच वर्षबितिसक्दा समेत संकलन गर्न नआएकाले लगानीकर्ता संरक्षण कोषमा पठाइसकेको छ ।
पाँच वर्ष पुरानो भुक्तानी हुन बाँकी लाभांश तथा विभिन्न मितिमा बैंकको शेयर खरिदका लागि निवेदन पेश गर्दा शेयर नपरेको रकम समेत कतिपय लगानीकर्ताहरुले फिर्ता नलिनएको बैंकको भनाइ छ । यी रकम भुक्तानी लिन बाँकी रहेका सदस्यहरुले शेयर रजिष्ट्राा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडमा सम्पर्क राख्न बैंकले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस