aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

डिप्रोक्स लघुवित्तले मर्जमा समिति गठन गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ साउन २०७६
डिप्रोक्स लघुवित्तले मर्जमा समिति गठन गर्यो

काठमाडौं । डिप्रोक्स लघुवित्तले मर्जर तथा प्राप्तीको सम्बन्धमा गृहकार्य गर्न समिति समेत गठन गरेको छ । सञ्चालक यज्ञप्रसाद शर्माको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको कम्पनीले सुचना मार्फत जानकारी दिएको छ । समितिमा सञ्चालकहरु डा. भृगुऋषि दुवाडी र रमेशकुमार रघुवंशीका साथै प्रमुख कार्यकारी अधिकृत अमराज खड्काको समेत प्रतिनिधित्व रहेको छ ।
राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले हाल देशका ७१ जिल्लाहरुमा ११९ शाखा कार्यालयहरु मार्फत २ लाखभन्दा घरपरिवारलाई सेवा प्रदान गर्दै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस