aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आदर्श लघुवित्तको नाफा बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ साउन २०७६
आदर्श लघुवित्तको नाफा बढ्यो

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले १७ लाख ३१ हजार नाफा गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा ६ लाख ३ हजार थियो । अघिल्लो वर्षभन्दा गत वर्ष नाफा १८७ प्रतिशत बढाएको हो । हाल कम्पनीको चुक्तापुँजी  १ करोड ४० लाख रहेको छ । 
कम्पनीले गत आवमा ८ दशमलव ३७ प्रतिशत बढी ८ करोड ८३ लाख ९० हजार निक्षेप संकलन गरेको छ भने १६ दशमलव ४६ प्रतिशत बढी रू. १० करोड ५७ लाख ९६ हजार कर्जा प्रवाह गरेको छ । कम्पनीको निश्क्रिय कर्जा शून्य दशमलव ३१ प्रतिशत छ ।
 

प्रतिक्रिया दिनुहोस