aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सेञ्चुरी बैंकले २ प्रतिशत बोनस शेयर र ४.५० प्रतिशत नगद लाभांश वितरण गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ बैशाख २०७६
सेञ्चुरी बैंकले २ प्रतिशत बोनस शेयर र ४.५० प्रतिशत नगद लाभांश वितरण गर्ने

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको आठौं वार्षिक साधारण सभाले शेयरधनीहरलाई हाल कायम रहेको चुक्ता पूंजीको २५ बराबरको बोनस शेयर र ४.५०५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयर जारी पश्चात् बैंकको चुक्ता पूंजी ८ अर्ब ४१ करोड ५५ लाख पुगेको छ । 

साधारण सभा बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा बिहीबार आर्मी अफिसर्स क्लब, भद्रकालीमा सम्पन्न भएको हाे । उक्त सभाबाट सर्वसाधारण शेयरधनीहरुको तर्फबाट राजेश कुमार श्रेष्ठ, सुनिल कुमार न्यौपाने र अभिषेक बज्राचार्य तीन जना सञ्चालक पदमा निर्विरोध निर्वाचित भएकोे छ । 

आ.व. २०७५र७६ को पुस मसान्तसम्म यस बैंकले कुल निक्षेप रु. ६४ अर्ब १२ करोड र कर्जा रकम रु. ५९ अर्ब ६१ करोड परिचालन गरी रु.७४ करोड २ लाख सञ्चालन मुनाफा र रु. ५१ करोड ८१ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९८ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १३ वटा शाखारहित बैंकिङ्क गरी जम्मा १३२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस