aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

एक्सेल डेभलपमेण्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमवार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ असार २०७९
एक्सेल डेभलपमेण्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमवार

काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि सोमवार रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका असार २८ गते देखि साउन ९ गते बन्द गर्ने भएकाले भोलि सोमवार अर्थात असार २७ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । 

कम्पनीले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई ८ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले साउन ९ गते साधारण सभा बोलाएको छ । सभा सिद्धार्थ होटल विर्तामोड झापामा बिहान ११ बजे शुरु हुने जानकारी गराएको हो । 
 

प्रतिक्रिया दिनुहोस