aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

नबिल र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार आज देखि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ असार २०७९
नबिल र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार आज देखि

काठमाडौँ । नबिल बैंक र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार आज देखि हुने भएको छ । नबिलले एनबी बैंकलाई प्राप्ति गरेसँगै असार २७ (आज) देखि  एकीकृत वित्तीय कारोबार सञ्चालन गर्ने भएको हो । 

एकीकृत वित्तीय कारोबार सञ्चालन गर्नका लागि बैंकले एक सूचना जारी गर्दै गत शुक्रबार देखि नबिल बैंक र नेपाल बंगलादेश बैंकको सम्पूर्ण बैंकिङ सेवा र कारोबार बन्द गरेको थियो । नबिलले एनबी बैंकलाई प्राप्ति गरी आजदेखि एकीकृत वित्तीय कारोबार सञ्चालन गर्ने भएपछि दुबै बैंकको सम्पूर्ण कारोबार बन्द गर्न लगाइएको थियो । 


 

प्रतिक्रिया दिनुहोस