aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

समस्याग्रस्त घोषित भएका चार सहकारीका ऋणीलाई ३५ दिने सूचना (नामावली सहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ असार २०७९
समस्याग्रस्त घोषित भएका चार सहकारीका ऋणीलाई ३५ दिने सूचना (नामावली सहित)

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित भएका चार सहकारीका ऋणीलाई ३५ दिने सूचना जारी गरेको छ । समितिले समस्याग्रस्त अवस्थामा रहेका प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट को अपरेटिभ लिमिटेड, कुवेर बचत तथा ऋण सहकारी संस्था, प्रभु बचत तथा ऋण सहकारी संस्था र स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट को अपरेटिभ लिमिटेड सहकारीका ऋणीहरुलाई सम्पर्कमा आउनका लागि ३५ दिने सूचना समेत जारी गरेको हो । 

समितिले सहकारीहरु समस्याग्रस्त घोषित भए अनुसार सम्पत्ति तथा दायित्वको व्यवस्थापन गरी  ऋणीहरुलाई ऋण चुक्ता गर्न पटक पटक पत्राचार समेत गरेको थियो । समितिले राष्ट्रिय दैनिक पत्रिकामा ३५ दिने सूचना प्रकाशित गरी ऋणीहरुलाई सम्पर्कमा आउन आग्रह गर्दा पनि नआएपछि पुन सूचना जारी गरेको जनाएको छ । 

हेर्नुहोस् ऋणीको नामावली 

प्रतिक्रिया दिनुहोस