aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ असार २०७९
यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारेको तथ्यांक सार्वजनिक गरेको छ । सोमबार राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को एघार महिनाको तथ्याङ्कमा आधारित आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गरेको हो । 

उक्त तथ्यांक अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ८.५६ प्रतिशत रहेको छ । त्यस्तै, आयात २७.५ प्रतिशतल वृद्धि भएको छ भने निर्यात ५३.३ प्रतिशतलेर कुल वस्तु व्यापार घाटा २५ प्रतिशतले बढेको छ । 

शोधनान्तर स्थिति २६९ अर्ब ८१ करोडले घाटामा रहेको छ भने कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ४५ करोड अमेरिकी डलर रहेको छ । यता संघीय सरकारको खर्च रु.१०३५ अर्ब ६१ करोड र राजस्व परिचालन रु.९४२ अर्ब १३ करोड रहेको छ । 

त्यसैगरि, विस्तृत मुद्राप्रदाय ३.९ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ९.० प्रतिशतले बढेको छ । यस्तै, बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५.७ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा १३.५ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.३ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर १५.७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

विस्तृतमा हेर्नुहोस्  


 

प्रतिक्रिया दिनुहोस