aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

एनसीसी बैंकका कानुनी सल्लाहकार मर्जकोे सेटिङ मिलाउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ असार २०७९
एनसीसी बैंकका कानुनी सल्लाहकार मर्जकोे सेटिङ मिलाउँदै

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक मर्ज गराउन बैंकका कानुनी सल्लाकार रुद्र पोखरेल सेटिंङ लागि परेको छन् । न्यायलयमा भ्रष्टचार मुद्दा लागेर सार्वोच्चमा बहस गर्न समेत बन्देज लागेको पोखरेल र एनसीसी बैंकका अध्यक्ष उपेन्द्र केशरी न्यौपाने मिलेर बैंकलाई प्रभु बैंकसँग मर्ज गराउन ठूलो सेटिंङ गर्दै हिडेको बैंक स्रोतले बताएको छ । 

पछिल्लो चरणमा ठूला बैंकसँग मर्ज गर्न सबै साना बैंकहरु एक चरणको छलफलमा रहे पनि साना र खराब वित्तीय स्थिति भएका बैंक एक आपसमा मर्ज गर्न राष्ट्र बैंकले नै प्राथमिकता नदिने भएपनि वित्तीय क्षेत्रका विचौलियाका कारण खराब वित्तीय स्थिति भएका वित्तीय संस्थासँग मर्ज गर्न ठूलो पैसाको चलखेल गर्ने गरेका छन् । एनसीसी बैंक स्रोतका अनुसार प्रभु बैंकसँग एनसीसी बैंक मर्ज गराउन पनि ठूलो धनराशीको चलखेल भइरहेको छ । 

एनबी समूह संस्थापक रहेको नेपाल बंगलादेश बैंक नलिब बैंकसँग मर्ज भएर सोमबारदेखि एकिकृत कारोबार समेत शुरु गरेको छ । तर, नेपाल बंगलादेश बैंकभन्दा पनि राम्रो वित्तीय अबस्था रहेको एनसीसी बैंकलाई आफूभन्दा कमजोर वित्तीय अबस्था भएको वित्तीय संस्थामा मर्ज गराउन नहुने पक्षमा बैंकका अधिकांश कर्मचारी रहेपनि बैंकका कानुनी सल्लाहाकार पोखरेल भने प्रभु बैंकसँग बैंकलाई मर्ज गराउन पर्छ भनेर बोर्ड सदस्यहरुलाई लभिङ गर्दै हिडेको बैंक स्रोतले बताएको छ । 

यता प्रभु बैंकमा भने बैंकबाट ऋण दिँदा भित्री लेनदेनमा बैंकका अध्यक्षको संलग्नता देखिएपछि बैंकका अध्यक्ष नै विवादमा मुछिएका थिए ।  उक्त घटनाका कारण राष्ट्र बैंकले बैंकका संस्थापक अध्यक्ष देवी भट्टचनलाई अध्यक्ष पदमा नबस्न भनेपछि पदबाट राजीनामा दिएर बस्नु परेको अबस्था रहेको छ । 

प्रतिक्रिया दिनुहोस