aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

'हल्ला भएजस्तो मुलुकको अर्थतन्त्र श्रीलंका जस्तो अवस्थामा गएको छैन'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ असार २०७९
'हल्ला भएजस्तो मुलुकको अर्थतन्त्र श्रीलंका जस्तो अवस्थामा गएको छैन'

काठमाडौं ।  नेपाल सरकारका मुख्य सचिव शङ्करदास बैरागीले बजारमा हल्ला भएजस्तो मुलुकाको अर्थतन्त्र श्रीलंकाका जस्तो नरहे बताएका छन् । सोमबार नविल बैंक र नेपाल बंगलादेश बैक प्राप्तिपछिको एकिकृत कारोबार कार्याक्रमको उद्घाटन कार्यक्रममा बोल्दै यस्तो बताएका हुन ।  

बैंकिङ क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पु¥याउने भएकाले स्थिर अर्थतन्त्रका लागि विश्वसनीय बैंकिङ प्रणालीको भूमिका महत्वपूर्ण रहने बताए । कार्यक्रममा बैंकिङ प्रणालीमा स्वस्थ प्रतिस्पर्धा, व्यावहारिक नाफा र सामाजिक उत्तरदायित्वका बारेमा बैंकहरुले मनन गर्नुपर्ने उनको भनाइ थियो । दुवै बैंकलाई राष्ट्र बैंकले यही असार १५ गते मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । त्यस्तै असार १९ गते बसेको सञ्चालक समितिको बैठकले असार २७ गतेदेखि एकीकृत कारोबार गर्ने निर्णय गरेको थियो ।

सोहि कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले नेपालको बैंकिङ क्षेत्रले बलियो र भरपर्दो सेवा दिनलाई बैंकहरु एक आपसमा मर्ज भइरेको उनले बताए । उनले भने, 'बैंकहरुको सञ्चालन खर्च कटौति भएमा उक्त कटौतिबाट  आम जनताले फाइदा लिन सक्छन् । नेपालको अर्थतन्त्रलाई अझ बलियो र दिगो विकासका लागि पूर्वाधार तयार गर्न बैंकहरुले महत्वपूर्ण भूमिका निर्भाह गर्न पर्ने छ ।' 

सोहि कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले नेपालको बैंकिङ प्रणालीका काँधमा ठूलो जिम्मेवारी आइपरेकाले यो क्षेत्रको विकास र सबलिकरण महत्वपूर्ण भएको बताए । उनले भने, 'नेपालको कुल ग्राहस्थ उप्पादन भन्दा बैंक तथा वित्तीय क्षेत्रमा रहेको निक्षेप भएकाले देशको दिगो विकास तथा देशमा वित्तीय उत्तरदायि भूमिकामा बैंकिङ प्रणाली हुन पर्छ । '

प्रतिक्रिया दिनुहोस