aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

तीन हप्तामै वाणिज्य बैंकहरुको निक्षेप एक खर्बले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ असार २०७९
तीन हप्तामै वाणिज्य बैंकहरुको निक्षेप एक खर्बले बढ्यो

काठमाडौं । असार महिनाको सुरुवातदेखि नै वाणिज्य बैंकहरुको निक्षेपमा सुधार आएको छ । यस महिनाको तीन हप्ताको अवधिमा वाणिज्य बैंकहरुमा एक खर्ब निक्षेप थपिएको छ ।  

असार ३ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ४३ खर्ब ९४ अर्ब रुपैयाँ रहेको थियो । उक्त निक्षेप बढेर असार २४ गतेसम्म आइपुग्दा ४४ खर्ब ९४ अर्ब पुगेको हो । यस अवधिमा वाणिज्य बैंकहरुमा एक खर्ब निक्षेप थपिएको हो ।  

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार असार ३ गतेदेखि १० गतेसम्म चार अर्ब निक्षेप थपिएको थियो । त्यस्तै, असार १० गतेदेखि १७ गतेसम्म ३४ अर्ब रुपैयाँ र १७ गतेदेखि २४ गतेसम्मको अवधिमा ६२ अर्ब रुपैयाँ वाणिज्य बैंकहरुमा निक्षेप आएको हो ।   

त्यस्तै, यस अवधिमा बैंकहरुले प्रवाह गर्ने कर्जा भने सामान्य घटेको छ । असार ३ गतेदेखि २४ गतेसम्मको चार १४ अर्ब रुपैयाँले कर्जा प्रवाह घटेको हो । असार ३ गतेसम्म यी बैंकहरुले ४१ खर्ब ८८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह असार २४ गतेसम्म आइपुग्दा घटेर ४१ खर्ब ७४ अर्ब रुपैयाँमा सिमित भएको संघको तथ्यांकमा उल्लेख छ ।     
 

प्रतिक्रिया दिनुहोस