
काठमाडौं । सिभिल सहकारीको रकम हिनामिना प्रकरणको मुद्दाको सेटिंङको अडियोमा जोडिएका नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष रुद्रप्रसाद पोखरेललाई अझै सार्वजनिक संस्थामा कानुनी सल्लाहकार रहेको खुलेको छ । न्यायलयमा भ्रष्टचार मुद्दा लागेर सार्वोच्चमा बहस गर्न समेत बन्देज लागेको पोखरेल आफै कानुनी सल्लाहकार रहेको नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकलाई प्रभु बैंकसँग मर्ज गराउन ठूलो सेटिंङ गर्दै हिडेको बैंक स्रोतले बताएको छ ।
नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकमा पोखरेल अझै पनि कानुनी सल्लाहकार कै हैसियतमा रहेका छन् । उनले बैंकको बोर्ड बैठकमा बैंकका अध्यक्ष तथा न्यायपरिषदका पूर्व सदस्य समेत रहिसकेका उपेन्द्र केशरी न्यौपानेका सहयोगी बनेर काम गरिरहेको बैंक स्रोतले बताएको छ ।
पोखरेल काठमाडौँ जिल्ला अदालतका न्यायाधिस राजकुमार कोइराला र सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङको पक्षमा बहस गरिरहेका वकिल रुद्रप्रसाद पोख्रेलबीच मुद्दा मिलाइदिने डिल भएको प्रमाण बाहिर आएको थियो ।
पोखरेल नैतिक रुपमा पतन भएको भन्दै कुनै पनि अदालतमा मुद्दा बहस गर्न समेत अयोग्य भएको भन्दै सार्वोच्च अदालतले बहस समेत गर्न रोक लगाएका व्यक्ति एनसीसी बैंकमा भने कानुनी सल्लाहकारको हैसियतमा अझै पनि काम गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस