aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

सिटिजन्स बैंकको २ लाख ६५ हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ असार २०७९
सिटिजन्स बैंकको २ लाख ६५ हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले २ लाख ६५ हजार ९९९ कित्ता संस्थापक शेयर असार २९ गतेदेखि लिलामीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनी लगाएत अन्य इच्छुक व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो । 

यो शेयरको मूल्य प्रतिकित्ता रू. १५२ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी इच्छुक खरीदकर्ताहरूले साउन ११ गतेसम्म आवेदन दिन सक्नेछन् । 

आवेदन दिँदा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो शेयर विक्री प्रबन्धकमा सन्राइज क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस