
काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकबीच प्राप्ति गर्ने सहमति भएको छ । यी दुई बैंकबीच मंगलबार बेलुका एक आपसमा प्राप्ति गर्ने सहमति भएको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले आर्थिक न्युजडटकमलाई जानकारी दिए ।
प्राप्ति सम्बन्धी सम्झौता पत्रमा बुधबार हस्ताक्षर हुने उनले बताए । दुई बैंकबीचको प्राप्र्ति सहमतिमा स्वाप रेसियो १००ः ८१ हुने छ । सिभिल बैंकमा १०० कित्ता सेयर हुनेको एक्विजेशन भएपछि ८१ कित्ता सेयर हुने छ ।
एक्विजेशन पछि बन्ने संस्थाको नाम हिमालयन बैंक हुने तथा सञ्चालक समिति हिमालयन बैंकको नै हुने छ । यसअघि नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर सम्झौता भाँडिएको हिमालयन बैंकसँगको प्राप्ति सिभिल बैंकमा गएर विट मारेको छ ।
प्रतिक्रिया दिनुहोस