aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

दश सहकारी सहित २५६५ कम्पनी कालोसूचीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ असार २०७९
दश सहकारी सहित २५६५ कम्पनी कालोसूचीमा

काठमाडौं । चालु आर्थिक वर्षको असार महिनामा दश सहकारी सहित २ हजार भन्दाबढि कम्पनीहरु कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रले जारी गरेको तथ्यांक अनुसार असार महिनाको २८ गतेसम्म १० वटा सहकारीसहित २ हजार ५६५ कम्पनीहरु कालोसूचीमा परेका हुन् ।

बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण लामो समयसम्म नतिरेपछि त्यस्ता व्यक्ति तथा कम्पनीलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राख्ने गरेको छ । केन्द्रले जारी गरेको सूचीमा यस अवधिमा थपिएकाहरू मध्ये स्थापित निर्माण व्यवसायीदेखि उद्योगी लगायत तरकारी व्यापारीसमेत छन् । त्यस्तै, कृषि उद्यमी, मार्ट, होटल एण्ड रेष्टुरेन्ट, खुद्रा पसलेदेखि सहकारी संस्था लगायत व्यक्तिहरूसमेत यस अवधिका कालोसूचीमा परेका हुन् ।

केन्द्रका अनुसार यस अवधिमा कालोसूचीमा परेका सहकारीहरुमा एउटा बहुउदेश्यीय, कृषि र बचत तथा ऋण सहकारी रहेका छन् । यसअवधिमा चाँदनी बहुउद्देश्यीय सहकारी, जीवन सुन्दर कृषि सहकारी, तिरीमिरी बचत तथा ऋण सहकारी, स्मृति बचत तथा ऋण सहकारी, सरसापट सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, नवराजधानी को–अपरेटिभ, साथीभाइ बचत तथा ऋण सहकारी संस्था, अनुरोध बचत तथा ऋण सहकारी संस्था र नुवागाँउ साना किसान कृषि सहकारी संस्था र इमानौल बचततथा ऋण सहकारी संस्था रहेका छन् । 

कालोसूचीमा परेका सहकारीमा चाँदनी बहुउद्देश्यीय सहकारीका सञ्चालकहरुमा रविन्द्र अधिकारी र उद्धव अधिकारी रहेका छन् । त्यस्तै, जीवन सुन्दर कृषि सहकारी संस्थाका सञ्चालकहरुमा भुवन कुमार सिञ्जाली र उपेन्द्र ठाडा मगर रहेका छन् । 

त्यसैगरी, स्मृति बचत तथा ऋण सहकारीका सञ्चालकहरुमा विष्णु शर्मा र देवेन्द्र श्रेष्ठ रहेका छन् । तिरीमिरी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकमा अन्जु श्रेष्ठ, इन्द्र बस्नेत, केशव अधिकारी, लोकनाथ डल्लाकोटी, माधव कुमार सिग्देल, प्रकाश भट्ट र सुमन कुमार श्रेष्ठ रहेका छन् । 

केन्द्रका अनुसार कालोसूचीमा परेको सरसापट सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका सञ्चालकहरुमा गोपाल प्रसाद धमला, जानकी श्रेष्ठ, पदम महर्जन, संगिता कार्की, शेर बहादुर मगर र सिताराम कार्की रहेका छन् भने नवराजधानी को–अपरेटिभका सञ्चालकहरुमा अजय पण्डित, सगुन पाण्डे र सुरेन्द्र अमात्य रहेका छन् ।

त्यसैगरी साथीभाइ बचत तथा ऋण सहकारीका सञ्चालकहरुमा ध्रुव प्रसाद कोइराला, नरेशलाल श्रेष्ठ, नवराज पाख्रिन, राजकुमार श्रेष्ठ, श्रीजनी श्रेष्ठ र उदय कुमार ढुंगेल रहेका छन् भने अनुरोध बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुमा अर्जुन पराजुली, बिमला पौडेल, कृष्ण बहादुर गिरी र राम प्रसाद मैनाली रहेका छन् । 

केन्द्रका अनुसार नुवागाँउ साना किसान कृषि सहकारी संस्थाका सञ्चालकहरुमा चन्द्र बहादुर बस्नेत, लोक बहादुर डाँगी र प्रमिला पुन रहेका छन् । त्यस्तै, इमानौल बचततथा ऋण सहकारी संस्थाका सञ्चालकहरुमा गिता कुमारी दुलाल, हरी खड्का, कुमार खत्री, मदन कुमार बस्नेत, मेघ प्रसाद खड्का र सरस्वती शाही रहेका छन् ।

त्यस्तै, यस अवधिमा कालोसूचीमा परेका अन्य व्यक्ति तथा कम्पनीहरुमा उग्रतारा मसला तथा आटा उद्योग, मलल ब्रदर्स एण्ड सन्स प्रालि, बंगलामुखी बहुउद्देश्यीय कृषि फार्म, मोटर्स सोलुसन प्राइभेट लिमिटेड, कालिका इन्टरप्राइजेज, द साइनिङ पाथ एकेडेमी प्रालि, दुर्गा सुनचाँदी गहना पसल र शिव शक्ति इफ्रा डेभलपर्स रहेका छन् । 

त्यसैगरी, कालोसूचीमा पर्ने अन्य कम्पनीहरुमा आरती विजनेश रियल स्ट्रेट प्रालि, क्यानन कन्ट्रक्शन प्रालि, ज्योति बालकुञ्ज एकेडेमी, गोल्ड एण्ड बोल्ड ट्रेडर्स, युनिभर्सल इन्टरप्राइजेज एण्ड मनी ट्रान्सफर, अजम्बरी नमुना कोलोनी प्रालि, अजिरकोट एग्रो डेभलपमेन्ट सेन्टर र न्यु भाग्य लक्ष्मी ट्रेड एण्ड सुजल सप्लायर्स पनि कालोसूचीमा परेको तथ्यांकमा उल्लेख छ । 

केन्द्रको तथ्यांक अनुसार सुविधा किनमेल विजनेश प्रालि, न्यु दाजुभाई रेष्टुरेन्ट एण्ड लज, कान्छाराम कन्ट्रक्शन कम्पनी, किङडम रेडिमेट गार्मेन्ट सप्लायर्स, भरतपुर तरकारी तथा फलफूल पसल, पाथीभरा वेभरेज एण्ड फुड प्रोडक्सन, एप्पल वल्र्ड मोबाइल प्रालि, डाँडागाँउ जंगल रिसोर्ट, विग बेली फेमिली रेष्टुरेन्ट एण्ड लज, गल्लीभेन्ट मेनपावर लिमिटेड, युनिक फार्मेसी र पिस रिभर भ्यु एग्रो फार्म एण्ड रेष्ट्रो पनि कालोसूचीमा परेका हुन् ।

त्यसैगरी, अन्य कम्पनीहरुमा पप्पु ट्रेडर्स एण्ड खरिद बिक्री केन्द्र, मदर स्विट एण्ड रेष्टुरेन्ट, न्यु सेन्टर पोइन्ट थकालइी किचेन एण्ड पार्टी प्यालेस, धौलागिरी हाइड्रो कन्सल्ट बुटवल प्रालि, ग्रिन भ्याली फेमिली रिसोर्ट, श्रीपेच होटल एण्ड रिसोर्ट, होटल बर्जु भेगास, अन टाइम फर्मास्युटिकल्स एण्ड सर्जिकल प्रालि र इडमोड सिटी हस्पिटल प्रालि रहेका छन् । 

प्रतिक्रिया दिनुहोस