aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

हिमालयनले सिभिल बैंकलाई प्राप्ति गर्ने सम्झौता, स्वाप रेसियो १००ः८१

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ असार २०७९
हिमालयनले सिभिल बैंकलाई प्राप्ति गर्ने सम्झौता, स्वाप रेसियो १००ः८१

काठमाडौं । हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेडलाई प्राप्ति गर्नका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । बुधबार होटल याक एण्ड यतीमा एक कार्यक्रमकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

दुई बैंकबीच भएको उक्त समझदारी पत्रमा हिमालयन बैंकका तर्फबाट बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र सिभिल बैंकका तर्फबाट बैंकका अध्यक्ष प्रताप जङ्ग पाण्डेले हस्ताक्षर गरेका हुन् । नेपालको वित्तिय क्षेत्रलाई सवल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले अगाडि सारेको मर्जर/एकयुजिशन नीतिको अनुसरण गर्दै दुई बैंकबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।  

हिमालयन बैंक तथा सिभिल बैंक दुवै नेपालको बैंकिङ्ग क्षेत्रका अग्रणी बैंकहरु हुन् । देशको बंैकिङ्ग इतिहासमा चौथो संयुक्त लगानीको रुपमा हिमालयन बैंक २०४९ साल माघ ५ गते स्थापना भएको हो ।  यसैगरी करिब १२ वर्ष अगाडि स्थापना भएको सिभिल बैंक लिमिटेडले नेपालको बैंकिङ्ग क्षेत्रमा पुर्याएको योगदान पनि त्यत्तिकै प्रशंसनीय छ ।  हिमालयन बैंकले सिभिल बैंकलाई  प्राप्ति गरे पश्चात नेपालको वित्तिय क्षेत्रमा थप उर्जा प्रदान हुने देखिन्छ । 

प्राप्ति पछिको बैंकको नाम हिमालयन बैंक लिमिटेड नै रहने छ भने संचालक समिति हिमालयन बैंक कै रहने र संचालक समितिका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ रहेने भएका छन् । यसैगरी प्रमुख कार्यकारी अधिकृतमा अशोक शम्सेर राणा रहने भएका छन् । 

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने कार्यका लागि १००ः८१ शेयर स्वाप रेसियोमा प्रारम्भिक सहमति भएको छ । हाल हिमालयन बैंकको चुक्ता पुँजी १२ अर्ब ९६ करोड तथा सिभिल बैंकको चुक्ता पुँजी ९ अर्ब ७ करोड रहेको छ । त्यस्तै, जगेडा कोषमा हिमालयन बैंकको ८ अर्ब ३ करोड रुपैयाँ र  सिभिल बैंक लिमिटेडको २ अर्ब ९१ करोड रुपैयाँ रहेको छ । कर्जा लगानी तर्फ हिमालयन बैंकको १ खर्ब ५८ अर्ब रुपैयाँ तथा सिभिल बैंकको ८६ अर्ब ७४ करोड रहेको छ भने निक्षेप तर्फ  हिमालयन   बैंकको रु १ खर्ब ७२ अर्ब तथा सिभिल बैंकको ९३ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । 

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात बैंकको कुल शाखा संख्या १८९ पुग्ने छन् । यस कदमले सस्थाको पुंजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा उल्लेख्य प्रगति हुनेछ । साथै मुलुकको सवल एवं सक्षम बैंकको रुपमा यस सस्था वित्तिय बजारमा स्थापित हुने, ग्राहकलाई थप उत्कृष्ट सेवा तथा सुबिधा प्रदान गर्ने र लगानी कर्तालाई राम्रो प्रतिफल दिन सक्षम हुनेछ ।   

प्रतिक्रिया दिनुहोस