aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

गभर्नर पार्टी  सदस्य नभएको एमालेको स्पस्टीकरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० असार २०७९
गभर्नर  पार्टी  सदस्य नभएको एमालेको स्पस्टीकरण

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर  महाप्रसाद अधिकारी नेकपा एमाले पार्टी सदस्य नभएको स्पस्टीकरण आएको छ । केहि दिनदेखि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेकपा एमाले पार्टी सदस्य रहेको भन्दै आलोचना भइरहेको छ ।

बुधबार नेकपा एमालेले स्पस्टीकरण पत्र जारी गर्दै एम अधिकारी भन्ने व्यक्ति हालका नेपाल राष्ट्र बैंकका महाप्रसाद अधिकारी नभएको प्रष्ट पारेको हो । उक्त पत्रमा एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले अर्थ विभागमा रहेका एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको र सरकारी सेवामा रहेकालाई पार्टीको कुनै विभागमा राख्ने नीति समेत नरहेको दाबी गरेका छन् ।

पार्टीको कार्यकर्ता गभर्नर हुन नसक्ने भन्दै सत्ताको नेतृत्व गरिरहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतले अधिकारीको राजीनामा मागिरहेका छन् । त्यस्तै शेयर बजारका लगानीकर्ताहरु समेत सडकमा राजीनामाको नारा लगाइरहेका छन् ।   

प्रतिक्रिया दिनुहोस