aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

अशोक लेलैण्डका ग्राहकलाई कञ्चन डेभलपमेन्टबाट ७० प्रतिशत ऋण सुविधा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ साउन २०७६
अशोक लेलैण्डका ग्राहकलाई कञ्चन डेभलपमेन्टबाट ७० प्रतिशत ऋण सुविधा

काठमाडौं । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सको अशोक लेलैण्ड र कञ्चन डेभलपमेन्ट बैंक लिमिटेड (महेन्द्रनगर प्रधान कार्यालय रहेको) बिच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिरु राम जैसी र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका थिए । 
 
यस सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा ७० प्रतिशतसम्मको कर्जा सुविधा कञ्चन डेभलपमेन्ट बैंक लिमिटेड (महेन्द्रनगर प्रधान कार्यालय रहेको) बाट पाउने भएका छन् । यसै अनुरुप ग्राहकहरुले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त गर्ने भएका छन् । यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताउनु भएको छ । कर्जा सुविधा मात्र नभई दुवै कम्पनीबिच संयुक्त रुममा सहकार्य गर्दै अगाडी बढ्ने कुरामा पनि सहमति भएको छ ।
 
रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो  । रेमिटेन्स, बैंकिङ्ग इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस