
काठमाडौं । शनिबार कुमारी बैंकको सबै शाखा खुल्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै भोली शनिबार बैंकको सबै शाखा खुल्ला रहने जनाएको हो ।
बैंकले जारी गरेको सूचनामा भनिएको छ- असार ३२ गते शनिबार यस कुमारी बैंकको सम्पूर्ण शाखा कार्यालयहरु लगायत विस्तारित काउन्टरहरु समेत खुल्ला रहने व्यहोरा सम्पूर्ण महानुभावहरुमा जानकारी गराउन चाहान्छौं ।
यस बैंकको कार्यालय शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला रहने समेत सूचनामा उल्लेख गरिएको छ
प्रतिक्रिया दिनुहोस