aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

आकर्षक विशेषता भएको नेपाल बैंक पायनियर बचत खाता सञ्चालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ असार २०७९
आकर्षक विशेषता भएको नेपाल बैंक पायनियर बचत खाता सञ्चालन

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले उच्च ब्याजदर सहित आकर्षक विशेषताहरु भएको नेपाल बैंक पायनियर बचत खाता सञ्चालनमा ल्याएका छ । सो बचत खातामा उच्च व्याजदर वार्षिक ८ दशमलब ३ प्रतिशत रहेको छ ।

त्यस्तै, १० लाखसम्मको निःशुल्क दुर्घटना बीमा सूविधा समेत दिईएको छ । पायनियर बचत खाता खोल्ने ग्राहकले निःशूल्क डेविट र क्रेडिट कार्ड सूविधा, निःशूल्क डिजिटल बैंकिङ सूविधाहरु, लकर सूविधामा ५० प्रतिशत छुट र निःशूल्क डिम्याट खाता तथा सिआस्वा लगायतका सुबिधाहरु पाउने छन् । 

नेपालभर २१९ शाखाहरु, १८२ एटिएम साथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत सेवा सुविधा प्रदान गर्दै आएको छ । बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस