aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

समस्याग्रस्त सहकारीको संख्या बढ्दै, ऋणको जालोमा सञ्चालक आफै फसे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ साउन २०७९
समस्याग्रस्त सहकारीको संख्या बढ्दै, ऋणको जालोमा सञ्चालक आफै फसे

काठमाडौं । पछिल्लो समय समस्यामा पर्ने सहकारी संस्थाहरुको संख्या बढ्दो छ । गत आर्थिक वर्षमा मात्रै दुई दर्जनभन्दा बढि सहकारी समस्यामा परेका हुन् । बचत तथा ऋण सहकारी संस्थाहरु आफ्ना सदस्यहरुलाई दिएको ऋणको जालोमा फस्दै जानुले सहकारी संस्थाप्रति सर्वसाधारणको विश्वास घट्दै गएको छ । 

धेरै सहकारीहरुले आफ्ना सदस्य बचतकर्ता ठगेका उदाहरण प्रसस्तै पाइन्छन् । सहकारीमा भइरहेका विकृतिका घटनाका बारेमा  गतवर्षको सहकारीको तथ्यांकहरु हेर्दा नै प्रष्ट हुन्छ । आर्थिक वर्ष २०७८/७९ कोे असार मसान्तसम्म २८ वटा सहकारीहरु कालोसूचीमा परेको  कर्जा सूचना केन्द्रको तथ्यांकमा उल्लेख छ । यस अवधिमा चार वटा बहुउद्देश्यीय, कृषि र अन्य बचत सहकारी कालोसूचीमा परेका हुन् । 

विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसक्दा कर्जा सूचना केन्द्रले कालोसूचीमा पर्ने गरेका छन । गत आवमा ऋण तिर्न नसकेका २८ वटा सहकारी संस्थाहरुलाई केन्द्रले कालोसूचीमा राखेको हो । 

कालोसूचीमा परेका बहुउद्देश्यीय सहकारी 
कर्जा सूचना केन्द्रको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म परेका सहकारीमा चार वटा बहुउद्देश्यीय सहकारीहरु कालोसूचीमा परेका छन् । यस अवधिमा कालोसूचीमा परेका बहुउद्देश्यीय सहकारीहरुमा किरणोदय बहुउद्देश्यीय सहकारी संस्था, धनवृद्धि मल्टिप्रपोज को– अपरेटिभ, चाँदनी बहुउद्देश्यीय सहकारी र युवा विकास बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् ।

किरणोदय बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकहरुमा नरेन्द्र प्रकाश सुवेदी रहेका छन् । त्यस्तै, धनवृद्धि मल्टिप्रपोज को– अपरेटिभका सञ्चालकहरुमा अरविन्द बिष्ट, दिवाकर रिजाल र सुश्री इन्दिरा विष्ट रहेका छन् । त्यस्तै, युवा विकास बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकहरुमा होमबहादुर थापा क्षेत्री, किसान राई र संगम राई रहेका छन् । कालोसूचीमा परेका बहुउद्देश्यीय सहकारी संस्थामा चाँदनी बहुउद्देश्यीय सहकारीका सञ्चालकहरुमा रविन्द्र अधिकारी र उद्धव अधिकारी रहेका छन् ।

कृषि सहकारी 
त्यसैगरी, यस अवधिमा तीन वटा कृषि सहकारी कालोसूचीमा परेका छन् । कालोसूचीमा परेका कृषि सहकारीमा जनसेवा कृषि सहकारी, जीवन सुन्दर कृषि सहकारी र सहयात्री कृषि सहकारी संस्था रहेका छन् । 

कालोसूचीमा परेको सहयात्री कृषि सहकारी संस्थाका सञ्चालकहरुमा विमला राई, मुकुन्द प्रसाद अधिकारी, नारायण विश्वकर्मा, राजेन्द्र कार्की, राजु श्रेष्ठ र तिलक बहादुर थापा रहेका छन् । त्यसैगरी, जनसेवा कृषि सहकारीका सञ्चालक भजन राणा, भिममाया तामाङ, धनमाया तामाङ, दिल बहादुर तामाङ, हिनीमाया तामाङ, शान्तिमाया तामाङ र टेकमाया तामाङ रहेका छन् । त्यस्तै, जीवन सुन्दर कृषि सहकारी संस्थाका सञ्चालकहरुमा भुवन कुमार सिञ्जाली र उपेन्द्र ठाडा मगर रहेका छन् । 

एक महिनामा एघार सहकारी कालोसूचीमा 
कर्जा सूचना केन्द्रको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ को असार महिनामा मात्रै एघार वटा सहकारीहरु कालोसूचीमा परेका छन् । केन्द्रले एउटा बहुउदेश्यीय, कृषि र बचत तथा ऋण सहकारीलाई कालोसूचीमा राखेको हो ।

तिरीमिरी बचत तथा ऋण सहकारी र स्मृति बचत तथा ऋण सहकारी, सरसापट सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ र नवराजधानी को–अपरेटिभ, साथीभाई बचत तथा ऋण सहकारी र अनुरोध बचत तथा ऋण सहकारी संस्था र नुवागाँउ साना किसान कृषि सहकारी संस्था र प्रमिशा बचत तथा ऋण सहकारी संस्था रहेका छन् । 

त्यसैगरी, स्मृति बचत तथा ऋण सहकारीका सञ्चालकहरुमा विष्णु शर्मा र देवेन्द्र श्रेष्ठ रहेका छन् । तिरीमिरी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकमा अन्जु श्रेष्ठ, इन्द्र बस्नेत, केशव अधिकारी, लोकनाथ डल्लाकोटी, माधव कुमार सिग्देल, प्रकाश भट्ट र सुमन कुमार श्रेष्ठ रहेका छन् । 

केन्द्रका अनुसार कालोसूचीमा परेको सरसापट सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका सञ्चालकहरुमा गोपालप्रसाद धमला, जानकी श्रेष्ठ, पदम महर्जन, संगिता कार्की, शेर बहादुर मगर र सिताराम कार्की रहेका छन् भने नवराजधानी को–अपरेटिभका सञ्चालकहरुमा अजय पण्डित, सगुन पाण्डे र सुरेन्द्र अमात्य रहेका छन् ।

त्यसैगरी साथीभाई बचत तथा ऋण सहकारीका सञ्चालकहरुमा ध्रुव प्रसाद कोइराला, नरेशलाल श्रेष्ठ, नवराज पाख्रिन, राजकुमार श्रेष्ठ, श्रीजनी श्रेष्ठ र उदय कुमार ढुंगेल रहेका छन् भने अनुरोध बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुमा अर्जुन पराजुली, बिमला पौडेल, कृष्ण बहादुर गिरी र राम प्रसाद मैनाली रहेका छन् । 

केन्द्रका अनुसार नुवागाँउ साना किसान कृषि सहकारी संस्थाका सञ्चालकहरुमा चन्द्र बहादुर बस्नेत, लोक बहादुर डाँगी र प्रमिला पुन रहेका छन् । त्यस्तै, इमानौल बचततथा ऋण सहकारी संस्थाका सञ्चालकहरुमा गिता कुमारी दुलाल, हरी खड्का, कुमार खत्री, मदन कुमार बस्नेत, मेघ प्रसाद खड्का र सरस्वती शाही रहेका छन् ।त्यस्तै, प्रमिशा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुमा हेमराज थापा क्षेत्री, हिम प्रसाद सुवेदी, कल्पना कुमारी अधिकारी, रामेश्वर लाल क्षेष्ठ र सन्त बहादुर केसी रहेका छन् । 

कालोसूचीमा परेका अन्य बचत सहकारी  
कर्जा सूचना केन्द्रका अनुसार कालोसूचीमा परेका बचत तथा ऋण सहकारीमा सहकारीमा स्मृति सेभिङ एण्ड को–अपरेटिभ रहेको छ । जसको सञ्चालक देवेन्द्र श्रेष्ठ रहेका छन् । त्यस्तै, सरफी सेभिङ एण्ड को–अपरेटिभ पनि कालेसूचीमा परेका छन । उक्त सहकारीका सञ्चालकहरुमा इन्द्रावती श्रेष्ठ, राजकुमार श्रेष्ठ र टेकप्रसाद आचार्य रहेका छन् । 

कालोसूचीमा परेका अन्य सहकारीहरुमा रारा बचत तथा ऋण सहकारी रहेको छ । उक्त सहकारीका सञ्चालकहरुमा विनोद कुमार अग्रवाल, कुमार मगर र शेर बहादुर थापामगर रहेका छन् । त्यस्तै, आनन्दनगर बचत तथा ऋण सहकारी संस्था पनि कालो सूचीमा परेको छ । जसको सञ्चालक लोकनाथ सापकोटा, नारायणी केसी र नरेन्द्र बहादुर कार्की रहेका छन् ।

केन्द्रका अनुसार कालोसूचीमा परेको प्राइम गोरखा सेभिङ एण्ड को–अपरेटिभको सञ्चालकहरुमा डिल्लीशेर राई, मधु गुरुङ र सञ्जय राई रहेका छन् । त्यस्तै, कान्ति सेभिङ एण्ड को–अपरेटिभ संस्था पनि कालोसूचीमा परेको छ । उक्त सहकारीका सञ्चालक असलमान तामाङ, हिरामान तामाङ र नन्द बहादुर थकाली रहेका छन् । 

कालोसूचीमा परेको सहकारीमा धनलक्ष्मी सहकारी संस्था पनि रहेको छ । उक्त सहकारीका सञ्चालकमा मनोज गिरी र सविता श्रीवास्तव रहेका छन् । केन्द्रले हलेश्वर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभलाई पनि कालोसूचीमा राखेको छ । जसका सञ्चालकहरुमा बज्रसिंह लामा र मोहनसिंह लामा रहेका छन् । 

केन्द्रका अनुसार बैशाख २८ गते माँ अम्बे बचत तथा ऋण सहकारी संस्था पनि कालोसूचीमा परेको छ । यस संस्थाका सञ्चालकहरुमा बिजय कुमार छिनाल र निर्मल कुमार सिन्जाली रहेका छन् । त्यस्तै, कालोसुचीमा पर्ने सहकारीमा द नेक्स्ट बचत तथा ऋण सहकारी संस्था रहेको जसका सञ्चालहरुमा भीष्म प्रसाद भण्डारी, पवित्रा दमाई र शान्ति तिवारी रहेका छन् । 

त्यसैगरी, केन्द्रले सिरेटो बचत तथा ऋण सहकारी संस्था र चेतना बचत तथा ऋण सहकारी संस्थालाई पनि कालोसूचीमा राखेको छ । सिरेटो बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुमा रिना आचार्य, सिर्जना रिजाल र शुशिला लुईटेल रहेका छन् । 

केन्द्रका अनुसार चेतना सहकारी संस्था पनि कालोसूचीमा परेको छ । उक्त सहकारीका सञ्चालकहरुमा अशेश्वर यादव, विजय कुमार साह हलुवाई, मोहन बहादुर बराल, निर्मला देवी ठाकुर, रानीदेवी ठाकुर, शिवजी हलुवाई र शुभ नारायण गोहिवर यादव रहेका छन् ।   
 

प्रतिक्रिया दिनुहोस