
काठमाडौं । सानिमा बैंक लिमिटेडको २५ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी भएको छ । बैंकले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी ३५ दिने सुचना जारी गर्दा वितरण हुन नसकेको उक्त शेयर सर्वसाधारणमा जारी गरेको हो ।
इच्छुक व्यक्ति तथा अन्य जो कोही व्यक्ति तथा संस्थाहरूले आगामी ३५ दिनभित्र उल्लेखित कित्ता शेयर खरीदको लागि आवेदन दिनुपर्नेछ । यो शेयरको मूल्य प्रतिकित्ता रू. २०० तोकिएको छ ।
तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम २ लाख कित्ताको माग गर्न सकिने व्यवस्था बैंकले गरेको छ । खरीदकर्ताहरूले बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस