aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

वाणिज्य बैंकमा ४५ खर्ब ४१ निक्षेप पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ साउन २०७९
वाणिज्य बैंकमा  ४५ खर्ब ४१ निक्षेप पुग्यो

काठमाडौं । गत आर्थिक वर्षको २०७८/७९ को असार मसान्तसम्म वाणिज्य बैंकहरुमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप पुगेको छ । एक वर्षको अवधिमा २६ वटा बाणिज्य बैंकहरुमा तीन खर्ब ४० अर्ब रुपैयाँ निक्षेप थपिएको नेपाल बैकर्स एसोसिएनको तथ्यांकमा देखाएको छ । यस्तो निक्षेप आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्म ४२ खर्ब १ अर्ब रुपैयाँ रहेको थियो ।  

संघको तथ्याङक अनुसार वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी निक्षेप नबिल बैंकमा रहेको छ । यस बैंकसँग आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म ३ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।

त्यस्तै, धेरै निक्षेप रहेको दोस्रो बैंकमा एनआइसी एसिया बैंक रहेको छ । उक्त बैंकसँग यस अवधिमा २ खर्ब ९४ अर्ब रुपैयाँ निक्षेप रहेको छ । त्यसैगरी धेरै निक्षेप रहेको तेस्रो बैंकमा ग्लोबल आईएमइ बैंक रहेको छ । उक्त बैंकसँग असार मसान्तसम्ममा २ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप रहेको छ । त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकमा २ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप रहेको बैंकर्स संघको तथ्यांकमा उल्लेख छ । 

संघको तथ्याङक अनुसार सबैभन्दा कम निक्षेप सिभिल बैंकमा को रहेको छ । यस अवधिमा सिभिल बैंकमा ९६ अर्ब रुपैयाँ निक्षेप रहेको छ । सिभिल बैंकले हिमालयन बैंकसँग प्राप्तिका लागि सम्झौता गरिसकेको छ ।  

प्रतिक्रिया दिनुहोस