aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सिभिल सहकारी ठगी प्रकरणमा इच्छाराजकी पत्नी पनि पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ साउन २०७९
सिभिल सहकारी ठगी प्रकरणमा इच्छाराजकी पत्नी पनि पक्राउ

काठमाडौं । सिभिल सेभिङ्स एण्ड क्रेडिट सहकारी ठगी प्रकरणमा प्रहरीले थप एक महिलालाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोले सिभिल सहकारी ठगी प्रकरणमा इच्छाराज तामाङकी पत्नी सिर्जना शाक्यलाई पक्राउ गरेको हो ।  

केन्द्रिय अनुसन्धान ब्युरोका प्रहरी उपरिक्षक श्यामकुमार महतोका अनुसार उक्त सहकारीकी लेखा समिति सदस्य समेत रहेकी सिर्जना शाक्यको नाममा काठमाडौं जिल्ला अदालतले २०७८ पुसमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यसयता फरार रहेकी शाक्यलाई मंगलबार काठमाडौंको रामशाहपथबाट पक्राउ गरिएको हो ।  

काठमाडौं महानगरपालिका वडा नं. १३ सोल्टीमोडमा रहेको सिभिल सेभिङ्स एण्ड क्रेडिट सहकारी ठगी प्रकरणमा पूर्व अध्यक्ष इच्छाराज तामाङ पुर्पक्षको लागी कारागारमा रहेका छन् । सहकारीमा बचत गरेको पाँच अर्ब ८४ करोड ४० लाख ठगी गरेको कसुरमा पूर्व अध्यक्ष तामाङ र केवलाल श्रेष्ठलाई पुर्पक्षको लागी थुनामा राखिएको हो । 

प्रतिक्रिया दिनुहोस