
काठमाडौं । अब विदेश भ्रमणमा जाने नेपालीहरुले २०० डलर सटही सुविधा पाउने भएका छन् । बुधबार नेपाल राष्ट्र बैंकले एक निर्देशन जारी गर्दे यस्तो सुविधाको व्यवस्था गरेको हो ।
नेपाल राष्ट्र बैंकले एकिकृत परिपत्र २०७८ लाई संशोधन गर्दै भनेको छ, ‘विदेश भ्रमणमा जाने नेपाली नागरिकहरुलाई राहदानी वापत अधिकतम अमेरिकी डलर २ सय सम्मको सटही सुविधा प्रदान गरिने छ ।’
प्रतिक्रिया दिनुहोस