
काठमाडौं । लुम्बिनी विकास बैंक र कुमारी बैंकले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । लुम्बिनी विकास बैंकले रू. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि असार ३० गते सेबोनमा निवेदन दिएको हो ।
कम्पनीले वार्षिक ११ प्रतिशत ब्याजदरमा १० वर्षसम्मका लागि ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । सेबोनबाट ऋणपत्र निष्कासन गर्नका लागि स्वीकृती पाएपछि कम्पनीले कुल कित्ता मध्ये ४ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ६ लाख कित्ता ब्याक्तिगत तबरबाट बिक्री गर्नेछ ।
त्यसैगरी कुमारी बैंकले रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि असार ३१ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । सेबोनबाट स्वीकृती पाएपछि कम्पनीले कुल ३० लाख कित्ता ऋणपत्र मध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि विक्री गर्नेछ भने बाँकी रहेको १८ लाख कित्ता ऋणपत्र ब्यात्तिगत तबरबाट विक्री गर्नेछ ।
प्रतिक्रिया दिनुहोस