aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

सिन्धु विकास बैंकको बाह्रौं वार्षिक साधारण सभा शुक्रबार हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ साउन २०७९
सिन्धु विकास बैंकको बाह्रौं वार्षिक साधारण सभा शुक्रबार हुँदै

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले बाहौं वार्षिक साधारण सभा शुक्रवार अर्थात साउन ६ गते गर्ने भएको छ । सभा मिरावल रिर्सोट होटल धुलिखेल काभ्रेपलाञ्चोकमा बिहान १० बजे गर्ने जानकारी दिएको हो । सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

त्यसैगरी सभाले सर्वसाधारण शेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै  सभाले यस बैंक सँग अन्य कुनै पनि उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने अथवा प्राप्ति सम्बन्धी  आवश्यक सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले यस वर्ष शेयरधनीलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।  

साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका असार २७ गते बन्द भइसकेको छ । यस आधारमा असार २६ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् । 
 

प्रतिक्रिया दिनुहोस