aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

नेपाल लाईफ र एनआईसी एशिया बैंकको संस्थापक शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ साउन २०७९
नेपाल लाईफ र एनआईसी एशिया बैंकको संस्थापक शेयर विक्रीमा

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एनआईसी एशिया बैंक लिमिटेडको संस्थापक शेयर साउन ५ गतेदेखि लिलामीमा आएको छ । नेपाल लाईफ इन्स्योरेन्सको ५ लाख ९६ हजार ९२१ कित्ता र एनआईसी एशिया बैंकको ७ लाख १७ हजार ९५० कित्ता संस्थापक शेयर साउन १९ गतेसम्म आवेदन दिन सकिने गरी विक्रीमा आएको हो ।

एनआईसी एशिया बैंकको शेयरमूल्य प्रतिकित्ता रू. ४२५ र नेपाल लाईफ इन्स्योरेन्सको प्रतिकित्ता रू. ७०० तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यी शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस