
काठमाडौं । पछिल्लो समय सहकारीबाट ठगिने सदस्यहरुको संख्या बढ्दो रहेको छ । सहकारीले ठगेका बचतकर्ताहरु सहकारी विभागमा आफ्नो डुबेको रकम उठाइदिन पर्यो भन्दै पुग्ने गरेका छन् । केहि सहकारीहरुले बचतकर्तालाई ठगि गरेका विरुद्धका उजुरी विभागले छलफल पश्चात मिलापत्र गराउने गरेको छ । तर, कतिपय उजुरीहरु भने विभागको प्रयासमा मिल्दैनन । उक्त उजुरीहरु भने प्रहरी कार्यालय हुँदै अदालतसम्म पुग्ने गरेका छन् ।
सहकारी सञ्चालकहरुमा सहकारीका बारेमा आवश्यक ज्ञान नभएका कारण पछिल्लो समयमा सहकारीमा धेरै समस्या आउने गरेको सहकारी विभागका निर्देशक देवेन्द्र प्रसाद पोखरेलले बताए । उनले भने, ‘सहकारीका सञ्चालकहरुमा सहकारीका बारेमा ज्ञानको कमी छ । जसको असर सहकारी सञ्चालन तथा व्यवस्थापनमा देखियो । राम्रोसँग अध्ययन नगरी सहकारी खोल्दा उनीहरुले व्यवस्थित गर्न सकेनन् । जसले गर्दा पछिल्लो समय सहकारीमा धेरै समस्या आउने गरेको छ ।’
उनका अनुसार वि.सं २०५० सालपछि नेपालमा सहकारीको संख्या धेरै नै बढ्यो । आवश्यकभन्दा बढि सहकारी संस्था खुले । जथाभावी खुलेको सहकारी संस्थाको नियमन गर्ने निकायसम्म थिएन । बिना अध्ययन त्यति बेला सहकारीको संख्या बढ्दा त्यसको असर पछिल्ला केही वर्षयता देखिरहेका छन् । अहिले पनि सहकारी संस्थाहरुको नियमन गर्ने जनशक्तिको अभाव रहेको उनले गुनासो गरे ।
सहकारीमा धेरै समस्या आउनुमा धेरैजसो बचतकर्ताले सबै प्रक्रिया पुरा नगरी विश्वासको आधारमा पैसा राख्न दिएकोले पनि यस्तो भएको विभागका निर्देशक पोखरेलको भनाई छ । अहिले विभागमा आफू ठगिए भनेर गुहार माग्न आएकाहरुको पनि पुरा कागजपत्र नभएर कतिपय समस्या आएको उनले जानकारी दिए ।
तर, विभागले यसबारे विभिन्न जानकारी दिएपछि अहिले बचतकर्ताहरुले तीन पुस्ते विवरण राख्न थालेको समेत उनले बताए । ‘कतिपय सहकारीहरुमा शेयर सदस्यहरुको कागतपत्रहरु नै छैन । हामीले खोजी गरेपछि केही सहरकारीहरुले सबै बचतकर्ताको तीन पुस्ते विवरण राख्न थालेका छन्’, उनले भने ।
आफूलाई समस्यामा पारेको भन्दै विभिन्न बचतकर्ताहरुले विभागमा सहकारी संस्था विरुद्ध उजुरी हालेको सहकारी विभागले जनाएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा ४२ वटा सहकारी विरुद्ध उजुरी परेको छ । यो उजुरीको संख्या विभागले मिलापत्र गर्न नसकेर प्रहरीकोमा पुगेको हो ।
यस अवधिमा काठमाडौं महानगरपालिका अन्तर्गत सञ्चालनमा रहेका ४२ वटा सहकारी विरुद्ध ठगीका उजुरी परेको हो । यी सहकारीबाट ठगिएको भन्दै १७६७ बचतकर्ताहरुले ८१ करोड ४२ लाख ४ हजार ४६१ रुपैयाँ बराबरको माग दावी सहित विभागमा उजुरी दिएका हुन् ।
यी हुन् ठगीको आरोप लागेका सहकारी संस्था
ठगीको आरोप लागेको सहकारीमध्ये धेरैजसो बचत तथा ऋण सहकारी संस्था रहेका छन् । यससँगै बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ता ठगेको भन्दै विभागमा उजुरी परेको छ । उजुरी परेका सहकारी संस्थाहरुमा किरणोदय बहुउद्देश्यीय सहकारी संस्था, हितकोष बहुउद्देश्यीय सहकारी संस्था र स्वर्णपथ बहुउद्देश्यीय सहकारी संस्था र अन्य सबै बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।
हालसम्म उजुरी परेका संस्थाहरुमा मानापाथी बचत तथा ऋण सहकारी संस्था, मनसुन, समुन्नत, न्युज डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्था, एलपिजि, हलमार्क, चाइना टाउन,तीव्र, सम्यम, पानी ट्ङकी, सोसाइटी, विज्नेस, सिकादेवी, सूर्योदय ज्योती, ऊँ बटु रहेका छन् ।
त्यस्तै, अष्ट मंगल, स्वतन्त्र शान्ता, जनमत, ल्हात्स, उपासी, एु टु जेट, उनन्ती, मुस्किलमा सजिलो, आनन्द नगर, सुपर टप, ढुकु पिकु, जनजावीका, अस्मासिस, महिला चालक मजदुर, जिलेट बचत तथा ऋण सहकारी संस्था आदि हुन् ।
त्यसैगरी, सामाजिक बचत तथा ऋण सहकारी संस्था, गृहशान्ती, सर्वश्री, कान्ति, संघर्ष, हेल्प विथ अस, नमस्ते गोसाइकुण्ड, द नेक्स्ट, जाम्बाला र पूण्यभूमि बचत तथा ऋण सहकारी संस्था विरुद्ध उजुरी परेको विभागको तथ्याङकमा उल्लेख छ ।
८१ करोड ४२ लाखको मागदावी
न्युज डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्था विरुद्ध एक बचतकर्ताले २ लाख ८४ हजार रुपैयाँ बराबरको माग दावी गर्दै उजुरी दिएका छन् । त्यस्तै, अष्ट मंगल बचत तथा ऋण सहकारी संस्थाका १ सदस्यले २९ लाख ५० हजार रुपैयाँ बराबरको उजुरी दिएका छन् । भने स्वर्णपथ बहुउदेश्यीय सहकारी संस्थाका २९ जना सदस्यहरुबाट ४२ लाख ६१ हजार ७२३ रुपैयाँ र ढुकु पिकु बचत तथा ऋण सहकारी संस्थाबाट ५० लाख रुपैयाँ बराबरको उजुरी परेको हो ।
आव २०७६/७७ मा १५ वटा सहकारी विरुद्ध विभागमा उजुरी परेको छ । जसमा समुन्नत बचत तथा ऋण सहकारी संस्थाका ७ सदस्यहरुबाट १ करोड ५२ लाख, एल पि जि सहकारीका ८५ जना सदस्यबाट ४३ लाख ८७ हजार ९८६ रुपैयाँ, हलमार्क सहकारीका ५ सदस्यहरुबाट ५९ लाख ९३ हजार ६०६ रुपैयाँ, चाइना टाउन सहकारीका २ सदस्यबाट १८ लाख ४७ हजार रुपैयाँ, तीव्र बचत तथा ऋण सहकारी संस्थाका ७ सदस्यहरुबाट ४१ लाख २९ हजार ३५८ रुपैयाँ, सम्यम सहकारीका ५ सदस्यबाट ५८ हजार ७८७ रुपैयाँ बराबरको माग दावी सहित उजुरी परेको हो ।
त्यसैगरी, सोसाइटी सहकारीका एक सदस्यबाट २३ लाख ५० हजार रुपैयाँ, विज्नेस सहकारीका १५ सदस्यहरुबाट २ करोड ५८ लाख ८० हजार रुपैयाँ, सिकादेवी सहकारीका ११ सदस्यहरुबाट ६७ लाख ७९ हजार ५०० रुपैयाँ,सूर्योदय ज्योति सहकारीका ११ सदस्यहरुबाट ६७ लाख ७९ हजार ५ सय रुपैयाँ ठगी गरेको विभागले जनाएको छ ।
त्यस्तै, स्वतन्त्र शान्ति सहकारीका ४७ सदस्यहरुबाट २ करोड ५८ लाख ९३ हजार १३३ रुपैयाँ, ल्हात्स सहकारीका २ सदस्यहरुबाट ५ लाख ९२ हजार ७९३ रुपैयाँ उपासी सहकारीका १३ सदस्यहरुबाट १६ लाख ४ हजार ६०१ रुपैयाँ र मानापाथी बचत तथा ऋण सहकारी संस्थाका २३ सदस्यले ९१ लाख २४ हजार ११२ रुपैयाँ बराबरको उजुरी आएको विभागले जनाएको छ ।
यससँगै मनसुन बचत तथा ऋण सहकारी संस्थाका एक सदस्यबाट १० लाख रुपैयाँ, पानी ट्ङकी सहकारी संस्थाका १० सदस्यले ८५ लाख १५ हजार २८३ रुपैयाँ, जनमत सहकारीका ३ सदस्यहरुबाट ३३ लाख २६ हजार ७३३ रुपैयाँ, ए टु जेट सहकारीका १२ सदस्यहरुबाट ५४ लाख ५ हजार ८१४ रुपैयाँ, उनन्ती सहकारीका ३५ सदस्यबाट ५९ लाख २३ हजार ९८० रुपैयाँ बराबरको उजुरी परेको थियो ।
त्यस्तै, मुस्किलमा सजिलो सहकारीका ४ सदस्यहरुबाट १५ लाख ४ हजार ३८४ रुपैयाँ, आनन्द नगर सहकारीका १ हजार ४९ सदस्यहरुबाट १४ करोड ६० लाख ८६ हजार ९८७ रुपैयाँ, सुपर टप सहकारीका ४ सदस्यहबाट ३ लाख ९० हजार ३०० रुपैयाँको उजुरी परेको छ ।
विभागका अनुसार जनजीविका बचत तथा ऋण सहकारी संस्था (काठमाडौं महानगरपालिका पेप्सीकोलामा कार्यालय रहेको) बाट ४ लाख ५९ हजार रुपैयाँ, अस्मासिस सहकारीका २० सदस्यहरुबाट ८३ लाख ३० हजार रुपैयाँ, महिला चालक सहकारीका २ सदस्यहरुबाट १८ लाख ९० हजार रुपैयाँ र जिलेट बचत तथा अण सहकारी संस्थाका ३३ जना सदस्यहरुबाट २ करोड ५२ लाख ४९ हजार १९८ रुपैयाँ बराबरको उजुरी परेको हो ।
त्यसैगरी, सूर्योदय ज्योति बचत तथा ऋण सहकारीका ११ बचतकर्ताबाट २ लाख ३६ हजार ६२० रुपैयाँ, ॐ बटु सहकारीका २० सदस्यबाट ६ करोड ८१ लाख ८७ हजार ४३२ रुपैयाँ, अष्ट मंगल सहकारीका एक सदस्यबाट २९ लाख ५० हजार रुपैयाँ, महिला चालक सहकारीका २ सदस्यहरुबाट १ लाख ८९ हजार रुपैयाँ र सामाजिक बचत तथा ऋण सहकारीबाट सबैभन्दा धेरै ३९ करोड ११ लाख ४१ हजार ३४० रुपैयाँ बराबरको उजुरी परेको छ ।
उजुरी परेका अन्य सहकारीहरुमा हितकोष बहुउद्देश्यीय सहकारीका ५६ सदस्यहरुबाट १४ लाख ७८ हजार ११ रुपैयाँ, हेल्प विथ अस बचत तथा ऋण सहकारीका २४४ सदस्यहरुबाट १ करोड ८२ लाख १९ हजार ७६० रुपैयाँ, नमस्ते गोसाईकुण्ड सहकारीका सदस्यहरुबाट ९१ लाख १४ हजार १० रुपैयाँ, द नेक्स्ट सहकारीका सदस्यबाट १५ लाख १० हजार रुपैयाँ र जाम्बाला बचत तथा ऋण सहकारीका सदस्यबाट १६ लाख रुपैयाँ बराबरको उजुरी परेको विभागले जनाएको छ ।
विभागका अनुसार उजुरी परेका अन्य दश सहकारीको विवरण भने खुलाइएको छैन । उक्त सहकारीहरुमा गुह शान्ति बचत तथा ऋण सहकारी संस्था, सर्वश्री, कान्ति, किरणोदय बहुउदेश्यीय सहकारी संस्था, र संघर्ष बचत ऋण सहकारी संस्था रहेका छन् । त्यस्तै, नमस्ते गोसाइकुण्ड, द नेक्स्ट, जाम्बाला र पुण्ड भुमि बचत तथा ऋण सहकारी संस्थाको पनि विवरण दुलाईएको छैन । सर्वश्री सहकारीका एक जना र कान्ति बचत तथा ऋण सहकारीका ८ जना सदस्यहरुले विभागमा उजुरी दिएका छन् रकम भने उल्लेख गरिएको छैन ।
प्रतिक्रिया दिनुहोस