
काठमाडौं । राष्ट्रिय सहकारी बैंकले ऋणी संस्थाहरुका लागि ३५ दिने अल्टिमेटम दिएको छ । बैंकले शुक्रबार एक सूचना जारी गर्दै बैंकबाट ऋण लिएका विभिन्न सहकारी संस्थाहरुलाई ऋण चुक्ता गर्न ३५ दिने अल्टिमेटम दिएको हो ।
राष्ट्रिय सहकारी बैंकले उक्त सूचना मार्फत चार वटा सहकारी संस्थाहरुलाई सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकलाई ऋण चुक्ता गर्नुपर्ने जनाएको छ ।
बैंकबाट ऋण लिएका सहकारीहरुमा इटहरी रहेको निर्धन ग्रामिण बचत तथा ऋण सहकारी संस्था, प्रकृति महिला बचत तथा ऋण सहकारी संस्था, पूर्णिमा बचत तथा ऋण सहकारी संस्था र धरानमा रहेको नमो बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।
प्रतिक्रिया दिनुहोस