aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

मौद्रिक नीतिको इतिहास, कसले शुरु गर्यो मौद्रिक नीतिको चलन ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ साउन २०७९
मौद्रिक नीतिको इतिहास, कसले शुरु गर्यो मौद्रिक नीतिको चलन ?

 काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको इतिहास धेरै लामो छैन । वि.स २०५९/६० मा तत्कालिन गभर्नर डा तिलक रावलले पहिलो मौद्रिक नीति ल्याएका थिए । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९४ बमोजिम पहिलो पटक मौद्रिक नीति सार्वजनिक गरिएको थियो । राष्ट्र बैंकमा ३ वर्षसम्म गभर्नर रहँदा वित्तीय सुदृढिकरणका लागि पहिलोसँगै दोस्रो र तेस्रो मौद्रिक नीति उनैले सार्वजनिक गरेक थिए ।

गभर्नर डा. रावलले मौद्रिक नीति ल्याउँदा नेपालमा १२ वर्षे जनयुद्ध र दरबार हत्याकाण्डका कारण अर्थतन्त्र तहसनहस अवस्थामा थियो । त्यो बेला ४ प्रतिशतको आर्थिक वृद्धि दर र शोधनान्तर बचत ३.५ देखि ४.० अर्बमा पु¥याउने लक्ष्य राखिएको थियो ।  

तेस्रो मौद्रिक नीतिका रुपमा पूर्वगभर्नर विजयनाथ भट्टराईले आर्थिक वर्ष २०६२÷०६३मा ल्याएका थिए । उनले ल्याएको चौथो मौद्रिक नीतिका रुपमा आर्थिक वर्ष २०६३/०६४ मा मौद्रिक नीति सार्वजनिक गरेका थिए ।

त्यसपछि आर्थिक वर्ष २०६४/०६५ मा पूर्वगभर्नर कृष्ण बहादुर मानन्धरले पाचौँ मौद्रिक नीति सार्वजनिक गरेका थिए । आर्थिक वर्ष २०६५/०६६ मा छैटौँ मौद्रिक नीति पनि उनैले सार्वजनिक गरेका थिए ।त्यसपछि आर्थिक वर्ष २०६६/०६७ मा पूर्वगभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले नेपालको सातौं मौद्रिक नीति सार्वजनिक गरेका थिए । 

आठौं मौद्रिक नीति पूर्वगभर्नर डा. युवराज खतिवडाले आर्थिक वर्ष २०६७/०६८ देखि बाह्रौँ २०७१/०७२ सम्म मौद्रिक नीति सार्वजनिक गरेका थिए ।पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले आर्थिक वर्ष २०७२/०७३ मा सार्वजनिक गरेका थिए । त्यसपछि क्रमशः अहिलेसम्म मौद्रिक नीति सार्वजनिक गरिरहेका छन् । 

उनले आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीति सत्रौँ मौद्रिक नीति हो । त्यस्तै,अठारौ मौद्रिक नीति गत आर्थिक वर्ष २०७८/७९ मा महाप्रसाद अधिकारीले ल्याएका थिए । आगामी आर्थिक वर्ष २०७९/८० उन्नाइसौं मौद्रिक नीति प्रस्तुत गर्दै छन् । 
 

प्रतिक्रिया दिनुहोस