
काठमाडौं । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षमा ५८ करोड ९७ लाख खुद नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीले ९६ दशमलव ७७ प्रतिशत नाफा बढाएको छ ।
यस वर्ष कम्पनीले १३ करोड ४८ लाख खराब कर्जा उठाएको छ । अघिल्लो वर्ष १ करोड ७० लाख २७ हजार मात्र खराब कर्जा उठेको थियो । २ अर्ब २० करोड ९७ लाख ६६ हजार चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ६३ करोड ६६ लाख ४० हजार रुपैषँ रहेको छ ।
२४ अर्ब ८० करोड निक्षेप संकलन गरेको कम्पनीले २२ अर्ब ७६ करोड ९९ लाख ८३ हजार कर्जा प्रवाह गरेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २६ दशमलव ६८ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस