aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

काउन्टर साइक्लिकल बफर पुनः लागू हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ साउन २०७९
काउन्टर साइक्लिकल बफर पुनः लागू हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले काउन्टर साइक्लिकल बफर पुनः लागू गर्ने जनाएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिबारे सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले कोरोनाको कारण स्थगित भएको काउन्टर साइक्लिकल बफर लागू गर्ने घोषणा गरेका हुन् । 

सरकारले कोरोना महामारीको बेलामा यस्तो साइक्लिकल बफर हटाएको थियो । राष्ट्र बैंक २०८० साल असार मसान्तसम्ममा काउन्टर साइक्लिकल बफर पुनः लागू गर्ने जनाएको छ । २०७६ सालको मौद्रिक नीतिमा २ प्रतिशत बिन्दुले काउन्टर साइक्लिकल बफर लगाउने नीति थियो । 

त्यस्तै, नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा अनिवार्य नगद मौज्दात (सीआरआर)को सीमा ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत कायम गरेको छ । यससंगै अब बैंकहरुले निक्षेपको ४ प्रतिशत रकम अनिवार्य रुपमा मौज्दात राख्नुपर्नेछ । 

हाल बैंकहरुले साढे ८ प्रतिशत प्राथमिक पूँजीकोष र साढे २ प्रतिशत सहकायक पूँजीकोष गरी ११ प्रतिशत पूँजीकोषमा कायम गरेका छन् । थप काउन्टर साइक्लिकल बफर कोष कार्यन्वयनमा लैजादाँ बैंकहरुलाई व्यवसाय विस्तार गर्न थप पूँजीको आवश्यकता पर्छ ।

प्रतिक्रिया दिनुहोस