
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले कर्जामा भइरहेको केन्द्रीकरणलाई नियन्त्रण गर्ने जनाएका छन् । त्यस्तै, कोरोनाकालमा दिइएको पुनरकर्जाको सुविधालाई केन्द्रीय बैंकले हटाएको छ । पुनरकर्जाको सुविधामा आवश्यक पुनरकर्जाको प्रबन्धमा केही संशोधन गरिएको उनले जानकारी दिए ।
यस्तै, शेयर कर्जाको अधिकतम सीमा १२ करोड बराबरको ऋण लिन पाउने व्यवस्था मौद्रिक नीतिले गरेको छ । ४/१२ को नीति एक बैंकबाट चार करोड र १२ करोडसम्म लिने पाइने व्यवस्था खारेज गर्दै अब १२ करोडसम्म कर्जा लिन पाइने व्यवस्था गरिएको हो ।
प्रतिक्रिया दिनुहोस