aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

गरिमा विकास बैंकको नाफा ४६ करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ साउन २०७६
गरिमा विकास बैंकको नाफा ४६ करोड

काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा २६ दशमलव ३२ प्रतिशतले नाफा बढाएको छ । अघिल्लो वर्ष ४६ करोड ८८ लाख ३४ हजार नाफा गरेको कम्पनीले गत वर्ष सोही अवधिमा  ५९ करोड २२ लाख ६५ हजार नाफा गरेको छ ।


अघिल्लो वर्षभन्दा गत वर्ष सञ्चालन नाफा ३१ दशमलव ८४ प्रतिशत बढी ८५ करोड ६६ लाख ६१ हजार भएको छ । गत वर्ष १० प्रतिशत बोनस शेयर वितरण गरी कम्पनीले चुक्ता पुँजी २ अर्ब ७८ करोड ८३ लाख ६७ हजार पुगेको छ । जगेडा कोष रकम ४९ करोड २ लाख ११ हजार छ । गत वर्ष ३५ दशमलव ७६ प्रतिशत बढी २६ अर्ब ७८ करोड ५९ लाख ५८ हजार निक्षेप संकलन गरेको कम्पनीले ५१ दशमलव २७ प्रतिशत बढी रू. २८ अर्ब २० करोड १७ लाख ६६ हजार कर्जा प्रवाह गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी २१ दशमल २४ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस