aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

सिटिजन्स बैंकले  २ अर्ब २५ करोड रुपैयाँ  नाफा कमायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०७ साउन २०७९
सिटिजन्स बैंकले  २ अर्ब २५ करोड रुपैयाँ  नाफा कमायो

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले  २ अर्ब २५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको चौथो त्रैमास असारसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको हो।  

अघिल्लो वर्षको सोही अवधिको तुलनामा २४.७६ प्रतिशत बढी आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८० करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४०.२९ प्रतिशतले वृद्धि भएको छ ।

 फि र कमिसन आम्दानी १५.५७ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी २८.५० प्रतिशत र सञ्चालन मुनाफा २४.९४ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४२ करोड ४६ लाख रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस