aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

लक्ष्मी बैंकको खुद नाफामा सामान्य सुधार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०७ साउन २०७९
लक्ष्मी बैंकको खुद नाफामा सामान्य सुधार

काठमाडौं । लक्ष्मी बैंकले चौथो त्रैमासमा आफ्नो नाफामा सुधार गरेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा १ अर्ब ६० करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले यो अवधिमा १.७६ प्रतिशतले नाफामा वृद्धि गरेको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५७ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी १८.२७ प्रतिशत, फि तथा कमिसन आम्दानी ८.५५ प्रतिशत,कुल सञ्चालन आम्दानी ८.१७ प्रतिशत, सञ्चालन मुनाफा २.१७ शतले वृद्धि भएको छ ।  

बैंकको प्रतिशेयर आम्दानी भने सामान्य घटेको छ। बैंकको यस्तो आम्दानी ८५ पैसा घटेर १३ रुपैयाँ ८८ पैसामा झरेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.३३ गुणा रहेको छ । 

प्रतिक्रिया दिनुहोस