aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

माछापुच्छ्रे बैंकको नाफा ३४.४३ प्रतिशतले वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०७ साउन २०७९
माछापुच्छ्रे बैंकको नाफा ३४.४३ प्रतिशतले वृद्धि

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो नाफामा ३४.४३ प्रतिशतले वृद्धि गरेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा आफ्नो नाफामा २ अर्ब १६ करोड ९ लाख रुपैयाँ खुद नाफा गरेको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको हो। 

अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ६० करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी १६.६७ प्रतिशत, फि तथा कमिसन आम्दानी १४.९५ प्रतिशत,कुल सञ्चालन आम्दानी १२.९० प्रतिशत बढेको छ । अवधिमा बैंकले प्रतिश शेयर आम्दानी ३ रुपैयाँ ३१ पैसा बढाएको छ । अब बैंकको इपीएस २१ रुपैयाँ ७ पैसा पुगेको छ। प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ७० पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस