aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

सनराइज बैंकको नाफा ४८.६९ प्रतिशतले वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०७ साउन २०७९
सनराइज बैंकको नाफा ४८.६९ प्रतिशतले वृद्धि

काठमाडौं । सनराइज बैंकले चौथो त्रैमाससम्ममा नाफामा ४८.६९ प्रतिशतले बढाएको छ । बैंकले गत आर्थिक वर्षको असारसम्म आइपुग्दा २ अर्ब १५ करोड ९ लाख ४४ हजार रुपैयाँ कमाएको  छ । अघिल्लो असार मसान्तमा १ अर्ब ४४ करोड ६५ लाख ५० हजार रुपैयाँ कमाएको थियो । 

एक बर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ५८ करोड २ लाख रुपैयाँ, सञ्चालन मुनाफा २ अर्ब ७३ करोड ९ लाख ८१ करोड रुपैयाँ रहेको छ । असार मसान्तसम्म १० अर्ब ११ करोड ८८ लाख ९२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब १४ करोड ३३ लाख ९८ हजार ७ सय ४४ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस