aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

लुम्बिनी विकास बैंकले एक वर्षमा कमायो साढे ६७ करोडभन्दा बढी नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ साउन २०७९
लुम्बिनी विकास बैंकले एक वर्षमा कमायो साढे ६७ करोडभन्दा बढी नाफा

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म लुम्बिनी विकास बैंक लिमिटेडले रू. ६७ करोड ५६ लाखभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ६६ दशमलव ६९ प्रतिशत बढी खुद नाफा गरेको हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले रू. ४३ करोड ३९ लाखभन्दा बढी खुद नाफा गरेको थियो । चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा रू. ४७ करोड ९२ लाखभन्दा बढी रहेको छ ।

गत वर्ष कम्पनीको सञ्चालन नाफा ५५ दशमलव १४ प्रतिशत बढेको छ । अघिल्लो वर्ष रू. ६२ करोड ५३ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष रू. ९७ करोड १ लाखभन्दा बढी सञ्चालन नाफा गरेको हो । अघिल्लो वर्ष रू. १ अर्ब ५२ करोडभन्दा बढी रहेको इम्पेरमेण्ट चार्ज गत वर्ष रू. १ अर्ब ७८ करोडभन्दा बढी रहेको छ ।

१३ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बृद्धि गरी रू. ३ अर्ब २८ करोड ४२ लाख ९२ हजार पुयाएको कम्पनीको रिटेन्ट अर्निग रू. ४७ करोड ९२ लाखभन्दा बढी र जगेडा कोष रकम रू. २ अर्ब ५ करोडभन्दा बढी छ । रिटेन्ड अर्निग अघिल्लो वर्षभन्दा १० दशमलव १६ र जगेडा कोष रकम ५ दशमलव २६ प्रतिशत बृद्धि भएको हो ।

कम्पनीले अघिल्लो वर्षभन्दा करिब १८ प्रतिशत बढी रू. ४२ अर्ब ८७ करोड ३९ लाख निक्षेप संकलन गरेको छ भने २८ दशमलव ३३ प्रतिशत बढी रू. ३८ अर्ब ८ करोड १० लाख कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष २ दशमलव १७ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष १ दशमलव ६८ प्रतिशतमा झरेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. २० दशमलव ५७ र प्रतिशेयर नेटवर्थ रू. १७७ दश
 

प्रतिक्रिया दिनुहोस