
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. २ अर्ब २ करोडभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा ५२ प्रतिशत बढेको हो । अघिल्लो वर्षको सोही अवधिसम्म बैंकले रू. १ अर्ब ३३ करोडभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्षको चौंथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने रू. १ अर्ब ४७ करोडभन्दा बढी छ ।
गत वर्ष बैंकको सञ्चालन नाफा ३९ दशमलव १७ प्रतिशत बढी भएको छ । अघिल्लो वर्ष रू. १ अर्ब ९२ करोडभन्दा बढी सञ्चालन नाफा गरेको बैंकले गत वर्ष रू. २ अर्ब ६७ करोडभन्दा बढी सञ्चालन नाफा गरेको हो ।
८ प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू. ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार पु¥याएको बैंकको रिटेन्ड अर्निग ६९ दशमलव ६८ प्रतिशत बढी रू. १ अर्ब ४७ करोड ४२ लाख कायम भएको छ । जगेडा कोष रकम भने अघिल्लो वर्षको तुलनामा ११ दशमलव २३ प्रतिशत बढेर रू. ३ अर्ब ८४ करोड ९६ लाख पुगेको छ ।
गत वर्ष बैंकले २६ दशमलव १६ प्रतिशत बढी रू. १ खर्ब ३४ अर्ब ५७ करोड निक्षेप संकलन गरेको छ भने २८ दशमलव १३ प्रतिशत बढी रू. १ खर्ब २१ अर्ब १९ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष १ दशमलव ७६ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष १ दशमलव ९३ प्रतिशत पुगेको छ । गत वर्षको चौथो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी रू. १८ दशमलव १५ र प्रतिशेयर नेटवर्थ रू. १४७ दशमलव ७९ रहेको छ ।
प्रतिक्रिया दिनुहोस