
काठमाडौं । वाणिज्य बैंकहरुका लागि चालू आर्थिक वर्षको पहिलो महिनाको सुरुवात खराब बनेको छ । यस आवको पहिलो ६ दिनमा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा ‘रेड सिंग्नल’ देखिएको हो ।
नेपाल बैंकर्स संघको तथ्यांक अनुसार असार ३२ गतेसम्म वाणिज्य बैंकहरुमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको थियो । उक्त निक्षेप चालू आर्थिक वर्षको पहिलो ६ दिनमै ३ अर्ब रूपैयाँले घटेर ४४ खर्ब ७८ अर्ब रुपैयाँमा सिमित बनेको हो ।
आर्थिक वर्ष २०७८/०७९ को अन्तिम महिना अर्थात असारमा वाणिज्य बैंकहरुमा उल्लेख्य मात्रामा निक्षेप बढेको थियो । असार महिनामा वाणिज्य बैंकहरुमा एक खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप थपिएको थियो ।
त्यस्तै, चालू आर्थिक वर्षको पहिलो ६ दिनमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह पनि घटेको छ । असार ३२ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह १० अर्बले घटेर साउन ६ गतेसम्म आइपुग्दा ४१ खर्ब ६५ अर्ब रुपैयाँमा सिमित बनेको छ ।
प्रतिक्रिया दिनुहोस