काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकले सोमबार संचालक समितिका अध्यक्ष महेन्द्र कुमार गोयलको अध्यक्षतामा सोहै वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
उक्त सभाले आ.व.२०७७/०७८ को वितरण योग्य संचित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी १ अर्ब १५ करोड १७ लाख ९२ हजारको ८.५० प्रतिशतका दरले बोनस शेयर र उक्त बोनश शेयर वापतको कर प्रयोजनको लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै बैंकको कार्यक्षेत्र प्रदेश नं. १ का सवै जिल्लाहरुमा विस्तार गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
झापाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम, मोरङ, सुनसरी र पॉचथरका विभिन्न ४४ स्थानमा अवस्थीत आफ्ना शाखा कार्यालयहरु मार्फत ग्राहकहरु समक्ष बैंकिङ सेवा प्रदान गरिरहेको छ भने चालु आ.व.मा प्रदेश नं. १ भर आफ्नो कारोवार सञ्चालन गर्ने उदेश्यका साथ आवश्यक न्युनतम चुक्ता पुँजी पुरा गरिसकेको हुनाले नियामक निकायको स्वीकृति लिई आफ्नो कार्यक्षेत्र विस्तार गर्दै कार्यक्षेत्रभित्रका जिल्लाहरुमा थप नयाँ शाखाहरु विस्तार गर्ने लक्ष्य रहेको छ ।
सञ्चालक समितिका अध्यक्ष महेन्द्र कुमार गोयलले उद्घाटन गरेको उक्त सभामा स्वागत मन्तव्य सञ्चालक राजन शर्माले र सभामा सहभागी महानुभावहरुलाई सहभागिताकालागि धन्यवाद मन्तव्य संचालक श्री पर्शुराम दाहालले गरेका थिए । कार्यक्रम संचालन कम्पनी सचिव श्याम बहादुर बोहोराले गरेका थिए ।
उक्त सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत डा. ईन्द्रकुमार कट्टेलले बैंकका वर्तमान गतिविधिहरुको वारेमा मन्तव्य राखेका थिए भने संस्थापक शेयरधनीहरु डा. रुपक खनाल र शुरेशकुमार अग्रवाल साथै बैंकका पुर्व अध्यक्ष हेमराज ढकालले बैंकको उन्नती तथा प्रगतीका लागि शुभकामना मन्तव्य राखेका थिए ।
प्रतिक्रिया दिनुहोस