aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

इन्भेष्टमेन्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंकको वित्तीय विवरण सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ साउन २०७९
इन्भेष्टमेन्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंकको वित्तीय विवरण सार्वजनिक

काठमाडौं । बुधबार दुई वाणिज्य बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । बुधबार नेपाल इन्भेष्टमेन्ट बैंकका र स्ट्याण्डर्ड चार्टर्ड बैंकले वित्रीय विवरण सार्वजनिक गरेका हुन् ।  

नेपाल इन्भेष्टमेन्ट बैंकको वितरणयोग्य नाफा २ अर्बभन्दा बढी 
नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. ४ अर्ब ८ करोडभन्दा बढी खुद नाफा गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा गत वर्ष १४ दशमलव ८३ प्रतिशत बढी खुद नाफा गरेको हो । अघिल्लो वर्ष सो अवधिसम्म बैंकको खुद नाफा रू. ३ अर्ब ५५ करोडभन्दा बढी मात्र थियो ।

गत वर्ष बैंकको सञ्चालन नाफा भने ३१ दशमलव ४१ प्रतिशत बढी भएको छ । अघिल्लो वर्ष रू. ५ अर्ब १९ करोड ९५ लाखभन्दा बढी सञ्चालन नाफा गरेको बैंकले गत वर्ष रू. ६ अर्ब ७ करोड २७ लाखभन्दा बढी यो नाफा गरेको हो । गत चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने रू. २ अर्ब ३ करोड ८३ लाखभन्दा बढी रहेको छ ।

१२ दशमलव ६१ प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू. १८ अर्ब ३० करोड ७५ लाख कायम गरेको बैंकको रिटेन्ड अर्निगमा रू. १ अर्ब २८ करोड ८३ लाखभन्दा बढी रहेको छ । अघिल्लो वर्षको तुलनामा भने रिटेन्ड अर्निग २९ दशमलव ८५ प्रतिशत कम भएको हो । जगेडा कोष रकम भने करिब ४ प्रतिशत बढेर रू. १४ अर्ब ६७ करोड ८० लाख कायम भएको छ ।

गत वर्ष बैंकले रू. १ खर्ब ८४ अर्ब ७९ करोड १० लाख निक्षेप संकलन गरेको छ भने रू. १ खर्ब ५७ अर्ब ४६ करोड ९७ लाख कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षभन्दा निक्षेप संकलन ५ दशमलव ८६ प्रतिशत र कर्जा प्रवाह शून्य दशमलव ४२ प्रतिशत बढी भएको हो । अघिल्लो वर्ष २ दशमलव ४६ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष १ दशमलव ४७ प्रतिशतमा झरेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. २२ दशमलव ३२ रहेको बैंकको प्रतिशेयर नेटवर्थ रू. १८७ दशमलव २१ रहेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले चौथो त्रैमाससम्म कमायो २ अर्बभन्दा बढी नाफा 
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म स्ट्याण्डर्ड चार्टर्ड बैंकले रू. २ अर्ब २६ करोड ९८ लाखभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा ६२ दशमलव २७ प्रतिशत बढी भएको हो । अघिल्लो वर्ष बैंकले रू. १ अर्ब ३९ करोड ८८ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।

गत वर्ष बैंकको सञ्चालन नाफा भने ६१ दशमलव ५४ प्रतिशत बढी भएको छ । अघिल्लो वर्ष रू. २ अर्ब १ करोडभन्दाबढी सञ्चालन नाफा गरेको बैंकले गत वर्ष रू. ३ अर्ब २५ करोडभन्दा बढी यो नाफा गरेको हो । गत चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने रू. १ अर्ब ५९ करोडभन्दा बढी रहेको छ । 

गत वर्ष १० प्रतिशत बोनस शेयर वितरण गरी बैंकले चुक्तापूँजी रू. ९ अर्ब ४२ करोड ९४ लाख ५४ हजार पु¥याएको छ । रिटेन्ड अर्निग रू. २ अर्ब ९१ करोडभन्दा बढी रहेको बैंकको जगेडा कोष रकम रू. ५ अर्ब ७६ करोडभन्दा बढी छ । बैंकले गत वर्ष रू. ९३ अर्ब ७२ करोड १९ लाखभन्दा बढी निक्षेप संकलन गरेको छ भने रू. ७९ अर्ब १७ करोड ३९ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष शून्य दशमलव ९६ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा गत वर्ष शून्य दशमलव ५९ प्रतिशतमा झरेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. २४ दशमलव शून्य ७ रहेको बैंकको प्रतिशेयर नेटवर्थ रू. १९२ रहेको छ ।

प्रतिक्रिया दिनुहोस