
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत ल्याएको बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको उमेर तोक्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर आजैदेखि बैंकमा हाजिर हुने बताएका छन् ।
प्राइम कमर्सियल बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले दायर गरेको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको एकल इजालासले प्रमुख कार्यकारी अधिकृतको उमेर तोक्ने परिपत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।
सर्वोच्चको आदेशसँगै प्राइम बैंकका सिईओ नारायणदास मानन्धरलाई काममा फर्कने बाटो खुलेको हो । राष्ट्र बैंकले बैंक सञ्चालकका लागि पनि उमेर हद तोकेको थियो । राष्ट्र बैंकले सञ्चालक पदमा निर्वाचित हुनका लागि अधिकतम उमेर ७० वर्ष तोकेको छ । ७० वर्षअघि सञ्चालक भइसकेको भए ७४ वर्ष पुगेपछि पद त्याग्नुपर्ने व्यवस्था गरिएको छ । सञ्चालकको हकमा भने सर्वोच्चले केही बोलेको छैन ।
‘सर्वोच्चको फैसलामा भनिएको छ, 'नेपालको संविधानको धारा १७(२( को देहाय खण्ड ९च० अनुसार नेपाली नागरिकको पेश रोजगार गर्ने संवैधानिक हकलाई सोही धाराको प्रतिवन्धात्मक बाक्यांशको खण्ड (छ) अनुसार बन्ने विधायिकी कानुनले मात्र रोक लगाउन सक्ने अवस्था विपरित यी निवेदकको संवैधानिक अधिकार नै कुण्ठित हुने गरी विपक्षीबाट भएको उक्त परिपत्रले निवेदकको मौलिक हकको प्रचलनमा अवरोध पुग्न गएको प्राथमिक रुपमा देखिन आयो ।
तसर्थ यी निवेदकलाई पुग्न जाने अपुरणीय क्षती तथा सुविधा सन्तुलनको दुष्टिकोण समेतका आधारमा विपक्षी बैंकको २० साउन २०७६ को एकिकृत निर्देशनको क्रम संख्या ११(२ं) मा भएको ‘संसोधनरपरिमार्जनरनयाँ थप व्यवस्था’ हाल कार्यान्वयन नगर्नु नगराउनु र यथास्थितिमा राख्नुका साथै यी निवेदकलाई प्रमुख कार्यकारी अधिकृतको पदमा यथावत कामकाज गर्न दिनु,’ मानन्धरको निवेदनमा सुनुवाई गर्दै सर्वोच्चले जारी गरेको अन्तरिम आदेशमा भनिएको छ ।'
प्रतिक्रिया दिनुहोस