aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

नेपाल बैंकको ‘डबल धमाका मुद्दती माता’ मुद्दती योजना सञ्चालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ साउन २०७९
नेपाल बैंकको ‘डबल धमाका मुद्दती माता’ मुद्दती योजना सञ्चालन

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिठेडले नेपाल बैंक डबल धमाका मुद्दती खाता सञ्चालनमा ल्याएको छ । कुनै व्यक्तिले यो मुद्दती खातामा लगानी गरेको रकम ६ बर्ष ४ महिना २० दिनमा दुई गुणा हुनेछ ।

बैंकका अनुसार संस्थाको हकमा ७ बर्ष ३ महिनामा मुद्दतीको रकम दुईगुणा हुने बैंकले जनाएको छ । त्यसैगरी रेमिट्यान्सबाट प्राप्त रकम यो मुद्दती खातामा लगानी गर्दा छ बर्ष ११ महिना १ दिनमा दुई गुणा हुनेछ । यो मुद्दती खाता खोल्ने ग्राहकहरुले पाँच लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुबिधा लगायत अन्य आकर्षक सुबिधाहरु पनि प्राप्त गर्नेछन् । नेपालभरका सम्पूर्ण शाखाहरुमार्फत यो मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ ।

यस बैंकले नेपालभर २१९ शाखाहरु, १८९ एटिएम साथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २२ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको छ । 

प्रतिक्रिया दिनुहोस