
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले जनताको निक्षेपको सुरक्षा गर्नका लागि सञ्चालक र सीईओको उमेर हद तोकेको बताएका छन् । संसदको अर्थ समितिको बुधबार बसेको बैठकमा बोल्दै गभर्नर नेपालले सो कुरा बताएका हुन् ।
गभर्नर नेपालले भने–‘कसैसँग क्षमता छ भन्दैमा कुनै व्यक्तिलाई आजीवन बैंकमा बस्न दिन सकिँदैन ।’ निक्षेपकर्ताको विश्वास कायम गर्नका लागि उमेर हदको व्यवस्था उनले गरिएको बताए । गत साता राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालकको उमेर हद तोकेकोमा विवाद रहेको छ ।
यसैबीच सो राष्ट्र बैंकको सो निर्देशनविरुद्ध प्राइम बैंकका सीईओद्वारा दायर गरिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिँदै काम गर्न बाटो खोलिदिएको छ । ‘जनताको करबाट तलब खानेको उमेर हद ५८ छ, जनताको पैसाबाट चल्नेलाई ६५ तोकेको हो।’सर्वोच्च अदालतमा प्रधान्यायधीशको उमेर हद ६५ वर्ष छ,’गभर्नर नेपालले भने ।
प्रतिक्रिया दिनुहोस