aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

सानिमा बैंकका ग्राहकहरुले नमस्ते पे वालेटमा रकमान्तर गर्न सक्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ साउन २०७९
सानिमा बैंकका ग्राहकहरुले नमस्ते पे वालेटमा रकमान्तर गर्न सक्ने

काठमाडौं । सानिमा बैंकका ग्राहकहरुले अब नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने भएका छन् । बैंकले ग्राहकहरुले नमस्ते पे वालेटबाट बैंकको मोबाइल बैंकिङ्ग लगइन गरी सजिलै रकम रकमान्तर (चेकआउट) गर्न सक्ने सेवा प्रदान गरेको हो । 

बैंकले ग्राहकहरुका लागि मोबाइल बैंकिङ्ग एप मार्फत फन्ड लोड गर्ने प्रणालीको पनि ब्यवस्था चाँडै नै उपलब्ध गराउने जनाएको छ । बैंकको मोबाइल बैंकिङ्ग एपबाट इसेवा, खल्ती र नमस्ते पे वालेट गरी तिन वटा वालेटमा सेवा उपलब्ध गराइरहेको छ । 

यसैगरी बैंकले डिजिटल बैंकिङ्गको अधिकतम प्रयोग र नगद रहित कारोबारलाई प्रोत्साहन गर्न यस्तो कार्यहरु गर्दै जाने जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस