aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

कामना सेवा विकास बैंकका ग्राहकले सिद्धार्थ बिज्नेस ग्रुपमा छुट पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ साउन २०७९
कामना सेवा विकास बैंकका ग्राहकले सिद्धार्थ बिज्नेस ग्रुपमा छुट पाउने

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकले सिद्धार्थ बिज्नेस ग्रुप अफ हस्पिटालिटीमा छुट पाउने भएका छन् । जसका लागि कामना सेवा विकास बैंक र सिद्धार्थ बिज्नेस ग्रुप अफ हस्पिटालिटी बीच सम्झौता सम्पन्न भएको छ ।  

अब बैंकका कर्मचारी तथा  ग्राहकहरुले सिद्धार्थ बिज्नेस ग्रुप अन्तर्गतका देश भर फैलिएका विभिन्न  होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा  क्याफेहरुमा प्रदान गरिने उत्कृष्ट सेवा सुविधाहरुमा  आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।  

बैंकको ग्राहक भएको कुनै पनि प्रमाण पेश गरी यो सुबिधा सजिलै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।  
 

प्रतिक्रिया दिनुहोस