
काठमाडौं । सनराइज बैंकको नाफा १ अर्ब ७० करोड पुगेको छ । बैंकले गत आर्थिक वर्ष २०७५/७६ मा गरेको नाफा अघिल्लो आर्थिक वर्ष २०७४/७५ को तुलनामा १५.५८ प्रतिशतले बढी हो । बैंकले गएको आवमा १ अर्ब ४७ करोड नाफा आर्जन गरेको थियो । बैंकको विवतरण योग्य नाफा भने १ अर्ब ११ करोड रहेको छ ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट १३.६१ प्रतिशत लाभांश वितरण गर्न सक्छ । बैंकले गएको आवमा ३ अर्ब ५९ करोड खुद ब्याज आम्दानीमा गरेको छ । अघिल्लो आवमा यस्तो आम्दानी २ अर्ब ८७ करोड रहेको थियो । बैंकको संचालन मुनाफा पनि बढाएको छ ।
असार मसान्तसम्म बैंकले ७५ अर्ब ४३ करोड निक्षेप संकलन गरेर ६८ अर्ब ८७ करोड कर्जा प्रवाह गरेको छ । बैंकको खराब कर्जा १.०३ प्रतिशतमा रहेको छ । सीडी रेसियो ७५.५७ प्रतिशत रहेको छ ।
बैंकको चुक्ता पुँजी ८ अर्ब १५ करोड रुपैयाँ रहेको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता २४८ रूपैयाँ रहेको छ भने, बैंकको जगेडा कोष(रिजर्भ फन्ट) २ अर्ब ५८करोड रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २०.९४ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस